‘प्रधानन्यायाधीश जबरा असक्षम भइसके, पदमा बसिरहन संविधानले दिँदैन :नेपाल बार अध्यक्ष श्रेष्ठ

कर्णाली अनलाइन ११ पुष २०७८, आईतवार ०८:३८

काठमाडौँ।नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संविधानको धारा १२६ अनुसार न्याय सम्पादन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा असक्षम सावित भइसकेको भन्दै पदमा बसिरहन संविधानले नदिने बताएका छन्।प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारको जारी आन्दोलनपछि आइतबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन्।

उनले प्रधानन्यायाधीश जबरालाई न्याय सम्पादनको बाधकको संज्ञासमेत दिए। जबराले राजीनामा नदिँदा न्याय सम्पादनमा चोलेन्द्रको हक खोसिएको उनको भनाइ छ ।‘संविधानको धारा १२६ अनुसार न्याय सम्पादनको नेतृत्व लिएका चोलेन्द्र शमशेरले न्याय सम्पादन गर्न नसकेकोले उहाँ असक्षम हुनुहुन्छ, उहाँ पदमा बसिरहन संविधानले दिँदैन’, अध्यक्ष श्रेष्ठले भने, ‘न्याय सम्पादनको बाधकको रुपमा चोलेन्द्रले राजीनामा नदिँदा पनि न्याय सम्पादनमा चोलेन्द्रको हक खोसिएको छ।’

सर्वोच्च अदालत परिसरमा आइतबार बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरेको हो। जारी आन्दोलनपछि सञ्चारकर्मीहरुसँग अध्यक्ष श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानव अधिकारकोे मेरुदण्ड भएकोले न्यायपालिकाभित्र विकृति, विसंगति हुन नहुने बताए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एमाले सिन्धुपाल्चोकका नेता,पूर्वसांसद कर्माचार्यद्धारा पार्टी परित्याग

११ पुष २०७८, आईतवार ०८:३८
सिन्धुपाल्चोक। नेकपा एमाले सिन्धुपाल्चोकका नेता सुवास कर्माचार्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।एमालेमा लागेर ४० वर्ष विताएका कर्माचार्यले आइतबार सामाजिक सञ्जालमार्फत् पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पूर्वसांसद समेत रहेका नेता कर्माचार्यले फेशवुकमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी एमालेसँगको ४० वर्ष भन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु।’कर्माचार्यले अबको […]