मादक पदार्थ खाएर छोराले गरे बुबाआमाको हत्या

कर्णाली अनलाइन २३ बैशाख २०७९, शुक्रबार ०४:२८

ताप्लेजुङ।ताप्लेजुङमा एक युवकले बुबाआमाको हत्या गरेका छन्। फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २५ वर्षीय आइतराज लिम्बुले गएराति बाबु ७० वर्षीय बृखबहादुर र आमा ७२ वर्षीया फिपरानीको हत्या गरेका हुन्।

आइतराजले मादक पदार्थ खाएर आमाबुबाको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले जानकारी दिए। आइतराज लाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको राईले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२३ बैशाख २०७९, शुक्रबार ०४:२८
धनकुटा।जिल्लाको साँघुरीगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार राति पौने १२ बजे साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित कुशेटार– डाँडाबजार सडक खण्डमा को२८प ७४७१ नम्वरको  मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकल दुर्घटना हुँदा साँघुरीगढी–३ कुशेटारबाट घर फर्कंदै गरेका सोही वडाका मदेन टोल बस्ने ३८ वर्षीय इन्द्रबहादुर याखालेको घटनास्थलमै मृत्यु […]