नेकपा एमाले सिन्धुपाल्चोकका नेता,पूर्वसांसद कर्माचार्यद्धारा पार्टी परित्याग

कर्णाली अनलाइन ११ पुष २०७८, आईतवार ०९:१६

सिन्धुपाल्चोक। नेकपा एमाले सिन्धुपाल्चोकका नेता सुवास कर्माचार्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।एमालेमा लागेर ४० वर्ष विताएका कर्माचार्यले आइतबार सामाजिक सञ्जालमार्फत् पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

पूर्वसांसद समेत रहेका नेता कर्माचार्यले फेशवुकमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी एमालेसँगको ४० वर्ष भन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु।’कर्माचार्यले अबको यात्रा के हुने भन्ने खुलाएका छैनन्। नेकपा एमाले नफुट्दासम्म उनी नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नजिक मानिन्थे। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित नगरेपछि कर्माचार्य रुष्ट थिए।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षा १२ सम्म अब एकै किसिमको मूल्यांकन

११ पुष २०७८, आईतवार ०९:१६
काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको मूल्यांकनमा एकरुपता ल्याएको छ। मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ कार्यान्वयनमा ल्याउँदै कक्षा १ देखि १२ सम्म एउटै विधिका आधारमा मूल्यांकन गर्न न्यूनतम ३५ प्रतिशत वा जीपीए १.६ वा विषयगत रुपमा डी ग्रेड हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको हो। विद्यालय तहमा छुट्टाछुट्टै मूल्यांकन विधि […]