पछिल्लो २४ घण्टा २२४ मा कोरोना संक्रमण, ३ को मृत्यु

कर्णाली अनलाइन २ पुष २०७८, शुक्रबार ११:३५

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।काठमाडौँमा १११, भक्तपुरमा २० र ललितपुरमा ३० जना संक्रमित थपिएका छन्।पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७० पुगेको छ।शुक्रबार २७० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ५२२ सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ७ हजार ६ सय ९१ पीसीआर तथा १ हजार ३ सय २५ एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका मुख्यमन्त्री कांग्रेस सहमहामन्त्रीमा पराजित

२ पुष २०७८, शुक्रबार ११:३५
सुर्खेत।नेपाली कांग्रेसको सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । पराजित भएका शाही कर्णालीका मुख्यमन्त्री पनि  हुन् ।