जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प

कर्णाली अनलाइन १८ कार्तिक २०८०, शनिबार ००:२८

सुर्खेत । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।

‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोट भूकम्प-रुकुमपश्चिको आठबीसमा १० जनाको मृत्यु,उद्धार र राहतमा कठिनाइ

१८ कार्तिक २०८०, शनिबार ००:२८
सुर्खेत।जाजरकोट केन्द्रबन्दिु भएर गएको भूकम्पबाट रुकुमपश्चिमा १० जनाको मृत्यु भएको छ।रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १२ का तीन जना र वडा नम्बर ११ का सात जनाको मृत्यु भएको आठबीसकोट नगरपालिकाकी उप–प्रमुख धनकुमारी शाहीले कर्णाली अनलाइनलाई जानकारी दिइन्। उप–प्रमुख शाहीले भनिन्, ‘उहाँहरुको पहिचान खुलेको छैन। अहिलेसम्म वडा नम्बर १२ मा तीन […]