जाजरकोट भूकम्प-रुकुमपश्चिको आठबीसमा १० जनाको मृत्यु,उद्धार र राहतमा कठिनाइ

कर्णाली अनलाइन १८ कार्तिक २०८०, शनिबार ०१:४५

सुर्खेत।जाजरकोट केन्द्रबन्दिु भएर गएको भूकम्पबाट रुकुमपश्चिमा १० जनाको मृत्यु भएको छ।रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १२ का तीन जना र वडा नम्बर ११ का सात जनाको मृत्यु भएको आठबीसकोट नगरपालिकाकी उप–प्रमुख धनकुमारी शाहीले कर्णाली अनलाइनलाई जानकारी दिइन्।

उप–प्रमुख शाहीले भनिन्, ‘उहाँहरुको पहिचान खुलेको छैन। अहिलेसम्म वडा नम्बर १२ मा तीन जना र ११ नम्बर वडामा ७ जनाको मृत्यु भएको छ। अन्य घाइतेहरुको उद्धारकार्य जारी छ। घाइतेहरुलाई नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरेर आठबीसकोट नगरपालिका ९ मा रहेको नगर अस्पतालमा उपचार भइरहेको छ।’

रातिको समय भएकाले विवरण संकलन गरी उद्धार र राहतका काम गर्न समस्या भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

जाजरकोटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन् । क्षतिको विवरण र सूचना संकलन भइरहेको छ । कतिपय स्थानमा टेलिफोन टावरले काम नगर्दा सूचनामै समस्या भइरहेको छ।

यता कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री वेदराज सिंहले जाजरकोटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएको बताएका छन् । क्षतिको विवरण र सूचना संकलन भइरहेको र कतिपय स्थानमा टेलिफोन टावरले काम नगर्दा सूचनामै समस्या भइरहेको उनको भनाइ छ।जाजरकोट केन्द्रविन्दु भई कर्णालीमा ठूलो भूकम्प, काठमाडौं र दिल्लीमा पनि धक्का महसुस भएको थियो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोटमा भूकम्प अपडेट- दुई जिल्लामा गरी १२८ जनाको मृत्यु

१८ कार्तिक २०८०, शनिबार ०१:४५
सुर्खेत।जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २८ जनाको मृत्यु भएको छ । जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको हो । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे […]