एजेन्सी।गाजामा युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ।पाँच दिनअघि १५ जनवरी, २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टाइनबीच युद्धविराम सम्झौता भएको थियो। उक्त सम्झौता आइतबार बिहानबाट लागू हुने भनिए पनि हमासले मुक्त हुने बन्दीहरुको सूची सार्वजनिक नगर्दा केही ढिलो सुरु भएको हो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले युद्धबिराम सम्झौता कार्यान्वयन सुरु भएको जानकारी दिएको छ।युद्धबिराम सम्झौता लागू भएसँगै १५ महिनापछि जारी युद्ध अन्त्य भएको छ ।
सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाएको छ भने इजरायलले १९ सय प्यालिस्टिनी बन्दी र कैदीहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ । सूचीमा रहेका ३३ मध्ये तीन युद्धबन्दी आइतबार नै रिहा गरिने हमासले जनाएको छ ।

