सवारी ज्यान मुद्दामा मन्त्रीका छोरा पक्राउ

कर्णाली अनलाइन १९ पुष २०७८, सोमबार ०६:५१

धनगढी।सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्। आइतबार कैलाली प्रहरीले सवारी ज्यान मुद्दामा फरार २३ वर्षीय सोडारीलाई पक्राउ गरेको हो।

।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन्।

न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्यु भएको थियो। घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युपछि भने सम्पर्कविहीन भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाल्पामा जिप दुर्घटनाहुँदा पाँचजना घाइते, दुईको अवस्था गम्भीर

१९ पुष २०७८, सोमबार ०६:५१
पाल्पा।पूर्वखोला गाउँपालिका ६ लाकुरीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।हेक्लाङबाट तानसेन आउँदै गरेको लु १ ज २६०७ नम्बरको जिप सोमबार बिहान करिब ८ बजे सेर्काबास-हेक्लाङ भित्री सडकमा दुर्घटना भएको हो। दुर्घटनामा पूर्वखोला-६ हेक्लाङका ३० वर्षीय टेकबहादुर पल्ली, २८ वर्षीय […]