निर्वाचनसम्म सत्ता गठबन्धन कायमै रहन्छ : गृहमन्त्री खाँण

कर्णाली अनलाइन १४ कार्तिक २०७८, आईतवार ०९:३४

बुटवल। गृहमन्त्री बालकृष्ण खाँणले ५ दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन्। आइतबार (आज) रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले ५ दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका हुन्।

मन्त्री खाँणले संविधानको रक्षा र जनविश्वासलाई बलियो बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने बताए।

त्यस्तै उनले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको उचित व्यवस्थापन गरिने समेत बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तनहुँमा सडक दुर्घटना हुँदा युवकको मृत्यु

१४ कार्तिक २०७८, आईतवार ०९:३४
दमौली ।तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को१झ ४० नंको विद्युतकाे गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग २१ प ३९२६ नम्बरको […]