त्रिभुवन विमानस्थलमा ‘थ्रेट कल’पछि आन्तरिक टर्मिनलभित्र सुरक्षाकर्मीद्धारा खानतलासी

कर्णाली अनलाइन २१ बैशाख २०७९, बुधबार ०७:०५

काठमाडौँ। त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भित्र शंकास्पद बस्तु रहेको सुचना आएपछि नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेनाले सो क्षेत्रलाई खालि गरि शंकास्पद बस्तुको खोजी गरेको छ। सुरक्षाकर्मीले खोजीगर्दा त्यस्ता केही शंकास्पद बस्तु नभेटेपछि अहिले टर्मिनल सुचारु गर्ने व्यवस्था मिलाउदैँ छ ।

त्रिभुवन विमानस्थलकोृ अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल डयुटी अफिसर बस्ने कार्यालय टिडीओ मा पाकिस्तानी नम्वरबाट फोन आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।उनका अनुसार फोन गर्ने व्यक्तिले फोन गरेर बम एक घण्टा भित्र पड्किने बताएका थिए।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार थ्रेट कलपछि आन्तरिक ट्रमिनलतर्फको भवनलाई खालि गरेर खानतलासी गर्ने कार्य गएिको थियो ।उनका अनुसार त्यहाँ सेवाको बम डिस्पोजल टोलीसहित तिनवटै सुरक्षा निकाय परिचालित गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु,केहीबेरमा नियमित उडान सुरु

२१ बैशाख २०७९, बुधबार ०७:०५
काठमाडौं । बम रहेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण एक घण्टासम्म बन्द भएको छ ।आज बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए । तर शंकास्पद वस्तु नभेटिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । ‘सर्च अपरेसन सम्पन्न भएको छ, तर […]