नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

कर्णाली अनलाइन ४ फाल्गुन २०७८, बुधबार १०:५५

काठमाडौँ।नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ।  प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ।आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरवितर पारे पनि फेरि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरिरहेका छन्।

सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलले प्रदर्शन गरेका हुन्। यद्यपि सत्ता गठबन्धनभित्रै चरम असन्तुष्टि देखिएपछि सरकार आजै संसदमा एमसीसी टेबल गर्ने निर्णयबाट पछि हटेको थियो।

आज सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी निकट युवाहरु पनि एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका हुन्।यस्तै विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसीको विरोधमा बुधबार नेपाल बन्दको घोषणा गर्नुका साथै प्रदर्शनसमेत गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

 देशभरि पछिल्लो समय ६ सय ३९ नयाँ संक्रमित थपिए , ३ जनाको मृत्यु

४ फाल्गुन २०७८, बुधबार १०:५५
काठमाडौं ।देशभरि पछिल्लो समय ९ हजार ७ सय ५६ जनाको कोरोना परीक्षण गर्दा ६ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। १ हजार ६ सय जना कोरोनामुक्त भएका छन्।त्यस्तै, काठमाडौंमा १ सय ६४, भक्तपुरमा १२ र ललितपुरमा २५ जना […]