घोषणापत्रमा ओलीको प्रष्टीकरण : संसद विघटन बाध्यता

कर्णाली अनलाइन १५ कार्तिक २०७९, मंगलवार १९:५७

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्नु आफ्नो बाध्यता रहेको बताएका छन्। मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै ओलीले प्राप्त जनादेश खण्डित भएपछि जनताका बीचमा जानुपरेको उल्लेख गरेका छन्।

‘जनादेश विपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए। पुरानो जनादेशको बनावट भत्काइएको यसै पृष्ठभूमिमा, प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भयो।’ घोषणापत्रमा उल्लेख गरिएको छ, ‘प्राप्त जनादेश खण्डित भइसकेपछि पुनः सार्वभौम जनताको बीचमा जानु र ताजा जनादेशका आधारमा समस्याको समाधान खोज्नु स्वभाविक एवं लोकतान्त्रिक विधि थियो। तर त्यसो हुन दिइएन।’

अदालतको चरम दुरुपयोग र संविधानको अपब्याख्या गरेर जनादेश विस्थापित गरी परमादेशबाट शासन चलाउने घातक अभ्यास थालनी गरिएको एमालेको आरोप छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री देउवा आज धनगढी जाने

१५ कार्तिक २०७९, मंगलवार १९:५७
काठमाडौं।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  बुधबार धनगढी जाने भएका छन्।  गृहजिल्ला डडेलधुराका चुनावी आमसभामा सहभागी हुने क्रममा उनी बुधवार धनगढी जान लागेका हुन्। देउवा बुधबार धनगढी बसी बिहीबार गृहजिल्ला जाने ​उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। देउवाले वाम–लोकतान्त्रिक गठबन्धन डडेलधुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने आठ सभामा सम्बोधन गर्नेछन्। उनले […]