प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ

कर्णाली अनलाइन १५ फाल्गुन २०७८, आईतवार ०४:३५

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ। सोही अनुसार आजको सम्भावित कार्यसूचीमा एमसिसी समावेश गरिएको छ।

संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि छ।

यसअघि सरकारको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो।संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ।

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ। हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन्।एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक-एक सांसद छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तेल भण्डारमा आक्रमण गरेपछि युक्रेनको राजधानी किएभमा  विषालु धुवाँको जोखिम

१५ फाल्गुन २०७८, आईतवार ०४:३५
रुसले तेल भण्डारमा आक्रमण गरेपछि युक्रेनको राजधानी किएभमा  विषालु धुवाँको जोखिम बढेको छ । त्यहाँका नागरिकलाई झ्याल नखोल्न आग्रह गरिएको छ । किएभका धेरैजसोले भूमिगत आश्रय लिएर बसिरहेका छन् । घर बाहिर रहेकाहरुलाई पनि विषाक्त धुवाँबाट जोगिन अधिकारीहरुले आग्रह गरेका हुन् । यसैबीच रुसी आक्रमणका कारण युक्रेनमा अहिलेसम्म कम्तीमा २ सय जनाभन्दा […]