तेल भण्डारमा आक्रमण गरेपछि युक्रेनको राजधानी किएभमा  विषालु धुवाँको जोखिम

कर्णाली अनलाइन १५ फाल्गुन २०७८, आईतवार ०४:५४

रुसले तेल भण्डारमा आक्रमण गरेपछि युक्रेनको राजधानी किएभमा  विषालु धुवाँको जोखिम बढेको छ । त्यहाँका नागरिकलाई झ्याल नखोल्न आग्रह गरिएको छ ।

किएभका धेरैजसोले भूमिगत आश्रय लिएर बसिरहेका छन् । घर बाहिर रहेकाहरुलाई पनि विषाक्त धुवाँबाट जोगिन अधिकारीहरुले आग्रह गरेका हुन् । यसैबीच रुसी आक्रमणका कारण युक्रेनमा अहिलेसम्म कम्तीमा २ सय जनाभन्दा धेरैको ज्यान गएको अनुमान छ ।

संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले मानवीय क्षतिसँगै भवन तथा महत्त्वपूर्ण संरचनामा भएको आक्रमणले सयौँ मानिस पानी तथा विद्युत् सेवाबाट वञ्चित भएको उल्लेख गरेको छ । रुसको आक्रमणका कारण ५० लाखभन्दा बढी शरणार्थी बन्ने आशङ्का गरिएको छ । -उज्यालो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह पक्राउ

१५ फाल्गुन २०७८, आईतवार ०४:५४
तनहुँ । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सत्र वर्षीया नाबालिग गायिकालाई जबरजस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । पीडितका […]