जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह पक्राउ

कर्णाली अनलाइन १५ फाल्गुन २०७८, आईतवार ०८:३४

तनहुँ । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सत्र वर्षीया नाबालिग गायिकालाई जबरजस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिएका थिए । पीडितका परिवारले नायक शाहले २०७८ वैशाख १४ गते ललाइफकाइ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ । त्यस्तै २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबरजस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।

जाहेरीमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारबाही गरी कानुनबमोजिम गरी त्यही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज आइतवार दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएन

१५ फाल्गुन २०७८, आईतवार ०८:३४
काठमाण्डौंं। आज आइतवार दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन ।आजको बैठकबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने तयारी छ तर संसद् बैठक बस्नुअघि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बसेको छैन । एमसीसी अनुमोदनका लागि सत्तारुढ गठबन्धनले व्याख्यात्मक घोषणा पारित गर्ने सहमति गरेका […]