निर्वाचन समितिमा दिए विजयकुमार गच्छदारले निवेदन

कर्णाली अनलाइन १ पुष २०७८, बिहीबार ०५:२०

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिमा उम्मेदवारी दिएका विजयकुमार गच्छदार २ मतले पराजित भएका छन्।बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार २ मतले हारेपछि संस्थापन समूहका गच्छदारले पुनः गणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन्।

सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए। गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए।गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन्। महामन्त्रीको दुई सिट छ। पूर्णबहादुर खड्का पनि विजयी भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्लाहीमा पराल ओढेर सुतेका दिदीबहिनीको जलेर मृत्यु

१ पुष २०७८, बिहीबार ०५:२०
सर्लाही। जाडोबाट बच्नको लागि घरमा पराल ओढेर सुतेका दिदीबहिनीको जलेर मृत्यु भएको छ। जिल्लाको कबिलासी नगरपालिका– ७ निवासी जोगी महरा चमारकी ३ वर्षीया छोरी सुगन्धी महरा र ८ वर्षीया छोरी लक्ष्मी महराको जलेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले चमारकी अर्की छोरी […]

सम्बन्धित शीर्षक