गठबन्धन निर्वाचनसम्म निरन्तर रहन्छः प्रधानमन्त्री देउवा

कर्णाली अनलाइन १० चैत्र २०७८, बिहीबार ०९:२८

तनहुँ।प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताएका छन्।नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन्।

उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्लेख गरे। ‘गठबन्धनलाई सँगै लैजान जरुरत छ। स्थानीय निर्वाचनमा मात्रै हैन, प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौँ’, उनले भने।

निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने उनको भनाइ छ। ‘किनकि उहाँहरूको योगदानलाई बिर्सन हुँदैन। प्रधानमन्त्री हुन धेरै पार्टीका साथीहरू लालायित थिए’, उनले भने।

प्रजातन्त्र बचाउन राष्ट्रिय एकतालाई जोड दिनुपर्ने देउवाले बताए। तनहुँ ऐतिहासिक थलो भएकाले कांग्रेस एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखको जारकोटमा जिप दुर्घटना हुँदा ९ जना घाइते

१० चैत्र २०७८, बिहीबार ०९:२८
सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दैलेख बजारदेखि चामुण्डा बिन्द्रासैनी नगरपालिकाको लागि छुटेको लु २ च ४५५४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिप बिहीबार दिउँसो साढे दुई बजेको समयमा नारायण नगरपालिका–२ जारकोट नजिक दुर्घटनामा परेको हो । जिप […]