दैलेखको जारकोटमा जिप दुर्घटना हुँदा ९ जना घाइते

दुई जनाको अवस्था गम्भिर

कर्णाली अनलाइन १० चैत्र २०७८, बिहीबार ११:२७

सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दैलेख बजारदेखि चामुण्डा बिन्द्रासैनी नगरपालिकाको लागि छुटेको लु २ च ४५५४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिप बिहीबार दिउँसो साढे दुई बजेको समयमा नारायण नगरपालिका–२ जारकोट नजिक दुर्घटनामा परेको हो । जिप अनियन्त्रित भएर दुर्घटना परेको हो । प्रहरीका अनुसार जिपमा सवार ९ जना मध्ये चालकसहित दुई जना गम्भीर घाइते भएका छन् भने अन्य सामान्य घाइते भएका छन् ।

गम्भीर घाइते मध्य चालक सुर्खेत गुर्भाकोट नगरपालिका मेहलकुनाका इन्त्रप्रसाद ज्ञवाली, चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ पुर्ण शाही र चामुण्डा–६ का शुरेस शाही रहेका छन् । उनिहरुलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीको भनाई रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पल शाह प्रकरणः थुनछेक बहस जारी, आजै फैसला आउन सक्ने

१० चैत्र २०७८, बिहीबार ११:२७
काठमाडौँ।बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान सकिएसँगै अहिले थुनछेक बहस चलिरहेको छ।शाहको मंगलबार र जोशीको बुधबार बयान लिने काम सकिएपछि थुनछेक बहस जारी रहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। बुधबार पीडित किशोरीतर्फ ९ जना र प्रतिवादीतर्फ ३ जना वकिलले बहस […]