स्रोत नखुलेको पचास लाखसहित सौर्य एयरलायन्सकी महिला कर्मचारी पक्राउ

कर्णाली अनलाइन १८ पुष २०७८, आईतवार ०६:२१
साकेतिक तस्विर
साकेतिक तस्विर

काठमाडौँ।नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित सौर्य एयरलायन्सकी एक महिला कर्मचारीलाई पक्राउ गरेको छ।विराटनगरबाट काठमाडौँ आएको सौर्य एयरलायन्सबाटै उक्त रकम काठमाडौँ आइपुगेको थियो। उक्त रकम संकलन गर्न आउने सौर्य एयरलायन्सकी सहायक रेखा शाक्य पोखरेललाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार शनिबार १ः५५ बजेको समयमा विराटनगरबाट काठमाडौँ आगमन भएको सौर्य एयरलायन्सको विमानमा उक्त रकम लुकाईछिपाई ल्याउँदै गरेको थियो।

गोप्य सूचनाको आधारमा खटिएका सादा पोसाकका प्रहरीले भद्रपुर लेखिएको रातो रंगको मेलब्याग चेकजाँच गर्दा उक्त ब्यागभित्र लुकाईछिपाई राखेको रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्र स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली रुपैयाँ ५० लाख बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ। प्रहरी अनुसार बरामद रकममध्ये रु १००० दरका ४ हजार ९५० वटा र रु ५०० दरका १०० वटा रहेका छन्।

बरामद रकम र रकम संकलन गर्न आउने सौर्यकी कर्मचारी पोखरेललाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला अस्पताल हुम्लामा ४७ किलोवाट विद्युत उत्पादन क्षमताको जेनेरेटर जडान

१८ पुष २०७८, आईतवार ०६:२१
हुम्ला।स्वास्थ्य सेवा कार्यालयअन्र्तगतको जिल्ला अस्पतालमा ४७ किलोवाट विद्युत उत्पादन गर्ने जेनेटर जडान गरिएको छ। जेनेरेटर जडानसँगै अस्पतालको नियमित सञ्चालनमा सहज भएको चिकित्सकहरुले बताएका छन्। उनीहरुका अनुसार विद्युत आपूर्ति अनियमित हुँदा उपचारमा बाधा पुगिरहेको थियो। जेनेरेटर जडान गरी सञ्चालनमा आएसँगै अस्पतालबाट चौबीसै घण्टा सेवा प्रवाह गर्न सहज भएको कार्यालय प्रमुख प्रेमबहादुर […]