पर्यटनमन्त्री आलेले बुझाए पार्टी अध्यक्ष नेपाललाई राजीनामा पत्र

कर्णाली अनलाइन १२ असार २०७९, आईतवार १४:३०

काठमाडौँ ।पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले राजीनामा पत्र बुझाएको अध्यक्ष नेपालनिकट स्रोतले जनाएको छ । ‘करिब साढे ११ बजेतिर आले पार्टी कार्यालय आउनु भएको थियो । अध्यक्षलाई राजीनामा बुझाउनु भएको छ,’ नेपाल निकट स्रोतले भन्यो।

शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भ्रातृ संगठन अखिल नेपाल महिला संघको बैठकमा पनि केही मन्त्रीको राजीनामा आइसकेको र आफूले खल्तीमा हालेर हिडेको जानकारी दिएका थिए । जेठ २२ गतेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरे पनि मन्त्रीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस उपसभापति खड्कालाई सुर्खेतमा सम्मान

१२ असार २०७९, आईतवार १४:३०
सुर्खेत । नेपाली काँग्रेस पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई सुर्खेतमा सम्मान गरिएको छ । नेपाली काँग्रेस सुर्खेतले आइतबार वीरेन्द्रनगरमा पार्टी उपसभापतिमा निर्वाचित भएसँगै खड्कालाई सम्मान गरेको हो ।   यस्तै, नेपाली काँग्रेस सुर्खेतले वीरेन्द्रनगरमा राखेको बधाई–शुभकामना एवं अभिमुखीकरण कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचिन जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

सम्बन्धित शीर्षक