कमल थापाले आज राप्रपा नेपाल घोषणा गर्दै

कर्णाली अनलाइन ७ फाल्गुन २०७८, शनिबार ०३:३२

काठमाडौं।पूर्वउपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल पार्टी घोषणा हुँदैछ। पार्टी एकीकरणपछिको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्।

पार्टी एकीकरणअघि पनि थापा राप्रपा नेपालको अध्यक्ष थिए। आफ्नो नेतृत्वमा पुनः राप्रपा नेपाल पार्टी दर्ता गरेपछि थापाले आफ्नै घरमा फर्किएको प्रतिक्रिया दिएका थिए।शनिवार बिहान साढे ११ बजे राष्ट्रियसभा गृह भृकुटीमण्डपमा पार्टीको घोषणा सभा आयोजना गरिएको छ। राप्रपाले यअसघि राजतन्त्रसहितको हिन्दु राष्ट्रको एजेण्डा बोकेको थियो। तर‚ अब थापाले राजतन्त्र छोडेर हिन्दु राष्ट्रको मात्र एजेण्डा बोक्ने बताएका छन्।

यसैबीच अध्यक्ष थापाले एमसिसी प्रकरणमा नेपाल शक्ति राष्ट्रहरुको चेपुवामा परेको टिप्पणी गरेका छन्। उनले एमसिसी प्रकरणमा चीन र अमेरिकालाई चिढ्याउन नहुने भन्दै दुवै देशलाई विश्वासमा लिएर एमसिसी कार्यान्वयनका लागि कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकीकृत समाजवादीको स्थायी समिति बैठक बिहान ११ बजे अर्याल होटलमा बस्दै

७ फाल्गुन २०७८, शनिबार ०३:३२
काठमाडौँ ।सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (एकीकृत समाजवादी) ले एमसिसीका सम्बन्धमा आफ्नो आधिकारिक धारणा शनिबार तय गर्ने भएको छ ।नेकपा (एकीकृत समाजवादी) ले शनिबार एमसिसीबारे छलफल गरी धारणा बनाउनका लागि स्थायी कमिटिको बैठक बोलाएको छ। बिहान ११ बजे बानेश्वरको अर्याल होटलमा बस्ने बैठकमा एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि […]