वीरेन्द्रनगरबाट लागूऔषधसहित एक पक्राउ

कर्णाली अनलाइन १६ चैत्र २०७८, बुधबार ०९:२५

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । बुधबार बिहान ११ बजेको वीरेन्द्रागर–१० बसपार्क नजिक रहेको एक होटलबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त होटल अगाडी संकास्पद रुपमा बसिरहेको अवस्थामा बराहताल गाँउपालिका–१० ओदालताल २४ वर्षीय मुकेश सिजालीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयल सुर्खेतबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले चेकजाँच गर्दा मुकेशको साथबाट एक पुडिया लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ १२० मि.लि.ग्राम बरामद गरेको छ । हाल प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिई थप अनुसन्धा गरिरहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य

१६ चैत्र २०७८, बुधबार ०९:२५
काठमाडौँ।त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन बनाएको हो। मलेसियाका लागि जुबाइदी जुल्किफले ३२, अहमद फैजले २४, मुहम्मद अमिरले १६ र सइद अजिजले १४ रन बनाए पनि अन्य […]