सुर्खेत।गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन्।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।
आज कर्णाली प्रदेशको राजधानी सहित देशभर रहेका गुरुङ समुदायले पनि सांस्कृतिक प्रद्धशनी गर्दै तमु ल्होसार मनाएका छन्।
आफ्नो समुदायको सांस्कृतिक पहिरनमा सजिएका सो समुदायका मानिसहरूले नाचगान गर्दै राजधानीको सडकमा रौनक ल्याएका थिए।
थप तस्बिरहरू: