
सुर्खेत।गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन भएको छ।उनका आफन्त, साथीभाइलगायतले शनिबार दिउँसो वीर अस्पतालअगाडिको सडकमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरू, फिल्म निर्देशक मीनबहादुर भामको पनि उपस्थिति रहेको थियो। प्रदर्शनका क्रममा सहभागीहरू सडकमा जान खोज्दा केहीबेर प्रहरीसँग धकेलाधकेल भएको थियो।
बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पार्किङ गरेको मोटरसाइकलमा नगर प्रहरीले ह्वललक लगाएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए। उनको उपचारको क्रममा शुक्रबार निधन भएको थियो।

