मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य

कर्णाली अनलाइन १६ चैत्र २०७८, बुधबार ०९:३०

काठमाडौँ।त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन बनाएको हो।

मलेसियाका लागि जुबाइदी जुल्किफले ३२, अहमद फैजले २४, मुहम्मद अमिरले १६ र सइद अजिजले १४ रन बनाए पनि अन्य कुनै पनि व्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका करन केसी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहोरा, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए।सिरिजमा नेपाल, मलेसिया र पपुवा न्यु गिनी (पीएनजी) सहभागी छन्। नेपाल र मलेसिया दुबैले आफ्नो पहिलो खेलमा पीएनजीलाई पराजित गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्न सक्छः खनाल

१६ चैत्र २०७८, बुधबार ०९:३०
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्ने बताएका छन्।पार्टीले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्न सक्छ।’ उनले सत्तारुढ दलको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को […]