विश्वकप फुटबलः अर्जेन्टिना साउदी अरेबियासँग पराजित

कर्णाली अनलाइन ६ मंसिर २०७९, मंगलवार १८:३६

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिना साउदी अरबसँग २–१ गोलको नतिजामा पराजित भएको छ ।

लुसाइल रंगशालामा सम्पन्न खेलमा साउदीलाई जित दिलाउन सालेश एन्हेरी र सालिम अल्लावासरीले गोल गरे । अर्जेन्टिनाका लागि मेसीले पेनाल्टी गोल गरे ।

पहिलो हाफमै अग्रता बनाए पनि त्यसलाई बचाउन नसक्दा दक्षिण अमेरिकी टिम अर्जेन्टिनाले साउदीसँग पराजय बेहोरेको हो ।कप्तान लियोना मेसीले खेलको १०औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ८औं मिनेटमा बक्सभित्र साउदीका डिफेन्डर अल बुलाइहीले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।उक्त पेनाल्टीलाई सदुपयोग गर्दै मेसीले अर्जेन्टिनाका लागि गोल गरेका थिए ।

त्यसपछि पहिलो हाफमा अर्जेन्टिनाका तीन गोल आफसाईड भएको थियो ।खेलको ४८औं मिनेटमा साउदीका फरवार्ड सालेश एन्हेरीले साउदीका लागि बराबरी गोल फर्काएका थिए ।

मिडफिल्डर सालिम अल्लावासरीले खेलको ५३औं मिनेटमा गोल गर्दै साउदीलाई अर्जेन्टिनाविरुद्ध २–१ को अग्रता दिलाए । अलुलावारीले गरेको गोल साउदीको जितका लागि पर्याप्त बन्यो ।

दोस्रो हाफमा अर्जेन्टिनाले गोल गर्ने केहि अवसर सृजना गरे पनि साउदीका किपरले त्यसलाई विफल पारे ।
जितसँगै साउदीले समूह ‘सी’ मा तीन अंक जोडेको छ ।समूह ‘सी’को आजै हुने दोस्रो खेलमा मेक्सिको र पोल्यान्ड राती पौने १० बजे प्रतिस्पर्धा गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अग्रता कायमै

६ मंसिर २०७९, मंगलवार १८:३६
रौतहट।रौतहट क्षेत्र १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता कायमै गरेका छन्।पछिल्लो परिणाम अनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपाल १२ हजार ६०२ मतसहित अगाडि रहेका छन्। उनलाई नेकपा एमालेका अजयकुमार गुप्ताले १० हजार ६३२ मतसहित पछ्याइरहेका छन्।