मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित

कर्णाली अनलाइन १० चैत्र २०७८, बिहीबार १४:०७

काठमाडौँ।थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। थाइल्याण्डको चोनबरीमा भएको खेलमा नेपाल थाइल्याण्डसँग २–० गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि नेपालले दोस्रो हाफमा दुई गोल खाएको हो। थाइल्याण्डका लागि फिलिप  रोलरले ७८ औँ र चाओवाट विराचार्टले ८९ ‍औँ मिनेटमा गोल गरेका थिए।नेपालले एएफसी एसियन कप छनौटअन्तर्गत आफ्नो तेस्रो चरणको खेलअघि थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेलेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लाको पातारासी-२ तल्फीमा अस्थाई प्रहरीचौकी स्थापना

१० चैत्र २०७८, बिहीबार १४:०७
जुम्ला।जिल्लाको पातारासी गाँउपालिका वार्ड न-२ तल्फीमा अस्थाई प्रहरी चौकीको स्थापना गरिएको छ । नागरिकलाई शान्ति सुरक्षा दिनका लागि प्रहरी चौकी स्थापना गरिएको छ ।मन्त्रिपरिषद्को निर्णय अनुसार  पातारासी गाउँपालिकाको तल्फीगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो । उक्त प्रहरी चौकीमा प्रहरी हवलदार सुरेन्द्रबहादुर बुढाको नेतृत्वमा पाँच जना प्रहरी कार्यरत कार्यरत रहेको प्रहरी […]