किन अवतरण नगरी फर्कियो कोभिड खोप लिएर आएको चिनियाँ विमान ?

कर्णाली अनलाइन ५ पुष २०७८, सोमबार ०९:२७

काठमाडाैं ।चीनबाट कोभिड–१९ विरुद्धको खोप लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको छ । सिचुवान एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा अवतरण हुन नसकेपछि छेन्दु फिर्ता भएको विमानस्थलका महाप्रबन्धक भोला प्रसाद गुरागाईंले बताए ।

सो विमान चीनको छेन्दुबाट १२ लाख डोज खोप बोकेर काठमाडौं आएको थियो । खराब मौसमका कारण काठमाडौंको आकाशमा डेढ घण्टा होल्ड भएपछि जहाज छेन्दु फिर्ता भएको छ । जहाज काठमाडौं फर्किने कार्यतालिका आउन बाँकी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयका महाप्रबन्धक गुरागाईंले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा भिषण आगलागी

५ पुष २०७८, सोमबार ०९:२७
काठमाडौँ। बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ। कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त बानेश्वरका डिएसपी मीमबहादुर लामाले जानकारी दिए। उनका अनुसार आगो नियन्त्रणका लागी काठमाडौँ महानगरपालिकाको दमकल आएको छ।अहिले आगो निभाउने प्रयास भइरहेको छ। आगलागीबारे आगो नियन्त्रणमा लिइसकेपछि अनुसन्धान हुने उनले बताए।