जोरपाटी गाउँपालिकाको सिधुवा बजारमा आगलागी‚ नियन्त्रणको प्रयास जारी

कर्णाली अनलाइन २९ पुष २०७९, शुक्रबार २०:५४

धनकुटा।धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिधुवा बजारमा आगलागी भइरहेको छ।आगलागी शुक्रबार बेलुका शुरु भएको थियो। आगो निभाउन स्थानीय लागिपरेका छन्। आगलागी नियन्त्रण बाहिर रहेको र धनकुटा नगरपालिकाका साथै लालीगुराँश नगरपालिकाका दमकल मगाइएको छथर जोरपाटी वडा नं ६ का अध्यक्ष दिपक गुरुङले बताए। उनले दमकल आउँदै गरेको जानकारी पाएको बताए।

आगलागीबाट ३ घर जलेर पूरै क्षति भएको र बजारका अन्य घर जोखिममा रहेको उनले बताए। बस्तीको बीचमा आगलागी भएकाले आगो फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको भए पनि ग्यास सिलिन्डर पड्केका कारण समस्या भएको उनले बताए।

दमकल आएपछि मात्रै आगलागी नियन्त्रण गर्न सकिन्छ कि भनेर आशा गर्नुबाहेक अरु उपाय नरहेको उनले बताए। आगलागीको कारण खुल्न सकेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालको राजनीति तीनजनाको मात्रै अखडा जस्तो भयो : गगन थापा

२९ पुष २०७९, शुक्रबार २०:५४
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीनजना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन्। पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालप्रति औंल्याउँदै महामन्त्री थापाले मंसीर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकिरसमेत गरे। शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण […]