वीरेन्द्रनगरमा पार्किङ गरी राखिएको दुइ वटा गाडीमा आगजनी

कर्णाली अनलाइन २४ बैशाख २०७९, शनिबार ०२:२५

सुर्खेत। वीरेन्द्रनगरमा चुनावको मुखमा विभिन्न ठाउँहरूमा घटनाहरु घट्न थालेका छन् । गए राती जुम्ला रोडमा  चुनाव प्रचार प्रसारका लागि प्रयोग गरिएको  आगजनी गरिएको छ ।

पार्किङ गरी राखिएको बा – १४ च – ६८३१ नम्बरको स्कारपियो र कर्णाली प्रदेश – ०२ ००१ ख-  ००६१ नम्बरको हाइस गाडीमा करिव रातको १२: ३० बजेको समयमा अज्ञात समूहले आगजनी गरि फरार भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।आगजनीमा स्कारपियो गाडीको पछाडिको टायर जलेको छ भने हाइसको भित्र र बाहीर धेरै जलेर नस्ट भएकाे छ। आगोलाई स्थानीय बासिन्दा,र नगर प्रहरीको सहायताले नियन्त्रणमा लिएको थियो । दुबै घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली काँग्रेस उपसभापति पूर्णबहादुर खड्का चुनावी सभालाई सम्बोधन गर्ने सुर्खेतमा

२४ बैशाख २०७९, शनिबार ०२:२५
सुर्खेत ।नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत आएका छन। नेपाली काँग्रेस सुर्खेतले स्थानीय तहहरुमा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने उपसभापति खड्का आइतवार सुर्खेत आएका छन। स्थानीय तह निर्वाचन २०७९ अन्तगर्त नेपाली काँग्रेुस सुर्खेतले विभिन्न ठाँउमा चुनावी सभाहरु आयोजना गरेको छ।