मर्जरपछि ग्लोबल आइएमईको बैंकिङ कारोबार दुई दिन बन्द

कर्णाली अनलाइन २२ पुष २०७९, शुक्रबार २०:१७

काठमाडौँ । ग्लोबल आइएमई बैंकको बैंकिङ कारोबार दुई दिन बन्द हुने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने भएको छ ।

यसअघि दुबै बैंकका साधारण सभाबाट मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त भइसकेको छ ।

मर्जरपछि एकीकृत वित्तीय कारोबार सुरू गर्न डाटा माइग्रेसनका लागि शनिबार र आइतबार दुई दिन ग्लोबल आइएमई बैंकको सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाएकाे छ।

सो अवधिमा बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्टमार्फत हुने रेमिटेन्स सेवा भने यथावत सञ्चालनमा रहने बैंकले बताएको छ।

मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप ४ खर्ब ८ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यूनतम साझा कार्यक्रमको मस्यौदा ओलीलाई बुझाइयो

२२ पुष २०७९, शुक्रबार २०:१७
काठमाडौँ।कार्यदलले  ‘न्यूनतम साझा कार्यक्रम’को मस्यौदा आज बुझाएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख उपस्थितिमा न्यूनतम साझा कार्यक्रमको कार्यदलले तयार पारेको प्रतिवेदन उपप्रधानमन्त्री विष्णु पौडेलले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई बुझाएका छन्। एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको थियो। उक्त कार्यदलमा […]