सुर्खेत।देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।नेपालको पश्चिमी भूभागमा अहिले पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव छ।अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
राति भने पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।