पेरिसमा रोकिएन हिंसात्मक प्रदर्शन

कर्णाली अनलाइन १७ असार २०८०, आईतवार १०:०६

एजेन्सी।फ्रान्समा प्रहरीको गोली प्रहारबाट एक किशोरको मृत्यु भएको विरोधमा पाँचौँ रात पनि राजधानी पेरिससहित देशका अधिकांश शहरमा हिंस्रक प्रदर्शन भएको छ। प्रदर्शनकारी र प्रहरीबीच लगातार झडप भइरहेको अधिकारीहरूले जनाएका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई रोक्न अश्रुग्यास तथा लाठी प्रयोग गरेको छ। ट्राफिक जाँचका क्रममा १७ वर्षका नाहेल एम नामका युवकमाथि प्रहरीले गोली हानी हत्या गरेको आरोपमा प्रदर्शनकारीले पेरिस, मार्सेलीलगायतका सहरमा निरन्तर प्रदर्शन जारी राखेका छन्।

हत्याको भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि प्रदर्शनले थप उग्ररूप लिएको हो। हालसम्म २५ सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । तर प्रदर्शन भने नथामिएको अधिकारीहरूले जनाएका छन्। निरन्तरको प्रदर्शनका कारण देश अशान्त बनेपछि राष्ट्रपति एम्यानुएल म्याक्रोँले जर्मनी भ्रमण स्थगित गरेका छन्। म्याक्रोँले फ्रान्सका राष्ट्रपतिका तर्फबाट २३ वर्षपछि जर्मनीको राजकीय भ्रमण गर्ने तयारी थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'वीच्याट पे'मार्फत् चिनियाँहरूले नेपालमा भुक्तानी गर्न पाउने

१७ असार २०८०, आईतवार १०:०६
काठमाडौँ।चीनमा भुक्तानीका लागि व्यापक प्रयोग गरिने डिजिटल वालेट सेवा ‘वीच्याट पे’ नेपालमा आधिकारिक रूपमै प्रयोगमा आएको छ। योसँगै नेपालमा आउने चिनियाँ पर्यटक तथा व्यवसायीहरूले क्यूआर कोडबाट नेपालमा भुक्तानी गर्ने बाटो खुला भएको छ। नेपाल र भारतबीच समेत अन्तर्देशीय विद्युतीय भुक्तानी सेवा सुरु गर्ने विषयमा सहमति जुटेको भए पनि त्यसका लागि […]