काठमाडाैं । अमेरिकी सहयाेग परियाेजना एमसिसीका विषयमा छलफल गर्न प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूबी बैठक सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्की, एमाले महासचिव शंकर पाेखरेल पनि सहभागी रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।