अध्यक्षमा पराजित थापाले बोलाए आफ्नो टिमको आकस्मिक बैठक

कर्णाली अनलाइन १९ मंसिर २०७८, आईतवार ०५:१६

काठमाडौँ ।राप्रपाको अध्यक्षमा पराजित कमल थापाले आफ्नो प्यानलका नेताहरुको आकस्मिक बैठक गरेका छन्। थापा प्यानलले याक एण्ड यति होटलमा अहिले समीक्षा बैठक गरिरहेको छ।

चुनावी परिणाम आएलगत्तै थापा प्यानलमा रहेका नेताहरु छलफलमा जुटेका हुन्। अध्यक्षमा थापा राजेन्द्र लिङ्देनसँग पराजित भए पनि प्यालनका हिसाबले भने उनकै वर्चस्व छ। तर अध्यक्षमा पराजित हुनुको कारणबारे बैठकमा कुराकानी भइरहेको एक नेताले जानकारी दिए।

आइतबार बिहान घोषणा भएको मत परिणामअनुसार अध्यक्षमा लिङ्देनले थापालाई पराजित गरेका हुन्। यस्तै महामन्त्रीमा लिङ्देन प्यानलकै धवलशमशेर राणा विजयी भएका छन्। तीन महामन्त्रीमध्ये बाँकी दुईमा थापा प्यानलका भुवन पाठक र कुन्तीकुमारी शाही विजयी भए।त्यस्तै उपाध्यक्षमा थापा प्यानलका विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की विजयी भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस गण्डकीमा पौडेल समूहका शर्मा विजयी

१९ मंसिर २०७८, आईतवार ०५:१६
कास्की।कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शुक्रराज शर्मा विजयी भएका छन् । उनले संस्थापन देउवा पक्षका अर्जुनप्रसाद जोशीलाई ८४ मतले पराजित गरे । विजयी शर्माले ६ सय १२ मत पाए भने जोशीले ५ सय २८ मत पाए । यसैगरी एक उपसभापतिमा बाहेक अन्य पदाधिकारीमा शर्मा प्यानलका […]

सम्बन्धित शीर्षक