श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा

कर्णाली अनलाइन २६ बैशाख २०७९, सोमबार १५:१५

एजेन्सी।राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन्। यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ।

राष्ट्रपति गोताबाया राजापाक्षेले शुक्रबार विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक सङ्कटको समाधानका लागि राजीनामा दिन आग्रह गरेको केही दिनपछि उनले यस्तो निर्णय गरेका हुन्। श्रीलंकाको अखबार डेली मिररले जनाएअनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसद्‍मा रहेका सबै राजनीतिक दललाई सर्वदलीय मन्त्रिपरिषद् गठन गर्न आमन्त्रण गर्ने अपेक्षा गरिएको छ।

यसअघि विपक्षी दल समगी जन बालवेगयाले आफ्ना नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने जनाएको थियो। श्रीलंका हाल विदेशी मुद्राको अभावबाट उत्पन्न आर्थिक सङ्कटबाट गुज्रिरहेको छ।

यसबाट त्यहाँ इन्धन, खाद्यान्न र औषधिजस्ता अत्यावश्यक वस्तु आपूर्ति हुन नसकेर अभाव भएको छ। सरकार र संसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि देशभरि नै आन्दोलन भइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सागकी स्वर्ण पदक विजेता चौधरी मृत फेला

२६ बैशाख २०७९, सोमबार १५:१५
काठमाडौँ।भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्।१३ औँ सागकी स्वर्ण पदक विजेता चौधरी आज मंगलबार बिहान झुन्डिएकाे अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। बिहान ६ बजे घरबेटीले ढाेका नखुलेपछि हेर्न जाँदा उनी झुन्डिएकाे अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।चाैधरी पंखा राख्ने […]