काठमाडौँ।भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्।१३ औँ सागकी स्वर्ण पदक विजेता चौधरी आज मंगलबार बिहान झुन्डिएकाे अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
बिहान ६ बजे घरबेटीले ढाेका नखुलेपछि हेर्न जाँदा उनी झुन्डिएकाे अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।चाैधरी पंखा राख्ने हुकमा सलकाे पासाे लगाई झुन्डिएकाे अवस्थामा फेला परेकाे एसपी शाहले बताए।
नेपालगञ्जकी २४ वर्षीया चौधरी हाल काठमाडौँमा सञ्जीव महर्जनको घरमा बस्दै आएकी थिइन्।सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्।घटनाबारे विस्तृत विवरण भने खुल्न बाँकी छ। घटनाकाे अनुसन्धान गरिरहेकाे एसपी शाहले बताए।

