गुराँस-६ का वडाध्यक्ष चन्द्र रानाद्धारा पदभार ग्रहण, वडावासीका लागि पाँच महत्वपुर्ण निर्णय 

दैलेख संवाददाता १३ जेष्ठ २०७९, शुक्रबार ०८:४५


दैलेख।जिल्लाको गुराँस गाउँपालिका वडा न ६ का वडाध्यक्ष चन्द्रबहादुर रानाले पदभार ग्रहण गरेका छन। पदभार ग्रहण प्रश्चात केहि महत्वपुर्ण निर्णय गरि कार्यन्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त्त गरेका छन। वडाध्यक्ष चन्द्र रानाले पदभार ग्रहण गरेको पहिलो दिनमै वडावासीका लागी लोकप्रिय पाँच निर्णय समेत भएका छन । वडापालिका ,गाउँपालिका,सहकारी संस्था र स्वास्थ्य चौकी पिलाडीमार्फत वडामा एम्बुलेन्स सेवा सुचारु गर्ने गरि निर्णय गरिएको छ । यस्तैवडामा यसै आर्थीक वर्षबाट एक घर ,एक धारा निर्माण अभियानलाई तत्काल सुरुगर्ने गरि निर्णय समेत गरिएको छ ।

यस्तै कृर्षि पेशालाई उत्थान र प्रवर्घद्ध गर्ने उद्देश्यले गुराँस गाउँपालिका वडा न ६ का सम्पुर्ण कृषकहरुलाई एक घर ,एक सिचाइ पोखरी कार्यक्रम लाई निरन्तरता गर्ने गरि निर्णय गरिएको  छ । त्यसैगरि गाउँपालिका र प्रभु बैँक गुराँसे शाखासंग समन्यन गरि समाजिक सुरक्षा भत्ता वडा स्तर बाटै वितरण गर्ने गरि निर्णय गरिएको छ ।

त्यसै गरि गुराँस सामुदायिक विधुतिकरणको मिटर बक्स यसभन्दा अगाडि गाउँपालिकाबाटै वितरण हुदैँ आएकोमा अव देखि  वडा कार्यालय बाट विवरण गर्ने गरि निर्णय गरिएको छ ।भने वडाका हरेक दिर्घ रोगी आमा बुवाहरुलाई मासिक रुपमा स्वास्थ्य कर्मी घर घरमै गई नि शुल्क स्वास्थ्य चेकजाँच गरि आवश्यक परामर्श दिने गरि निर्णय गरियो छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा बस दुर्घटना, ६ जना घाइते

१३ जेष्ठ २०७९, शुक्रबार ०८:४५
सल्यान । शुक्रबार सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नबाट दाङ तुलसीपुर जाँदै गरेको त्रिशिद्वेश्वरी राप्ती यातायात प्रा.लि द्वारा संचालित ना ३ ख ३८८४ नम्बरको बस दुर्घटनामा परेकाे छ।उक्त बस दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परी घाइते हुने मध्य सल्यान छत्रेश्वरी गाउँपालिका-२ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका-८ कोटमौलाकी ६३ […]