पाँच दलीय गठबन्धन कुनै पनि हालतमा टुट्दैन : माधव नेपाल

कर्णाली अनलाइन १९ माघ २०७८, बुधबार ०८:२४

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन कुनै पनि हालतमा नटुटने बताएका छन्। विद्यार्थी संगठन अनेरास्ववियुले गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘पाँच दलीय गठबन्धन निर्माण गरेका छौं। दिन दिन पत्रिका हेर्नु भएको होला विभिन्न कुरा आइरहेका छन्,’उनले भने, ‘त्यसमा कुनै सत्यता छैन। गठबन्धन टुटने बाला छैन। कसैले टुटाउन खोज्ने वाला छैन।’

अहिले भर्खरै मात्रै आफू, माओवादी केन्द्रका अध्यक्ष र प्रधानमन्त्री देउवाबीच छलफल भएको उनले बताए।प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेर गठबन्धन बलियो बनाएर जाने विषयमा छलफल गरेको नेता नेपालले बताए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि,१२ जनाको मृत्यु

१९ माघ २०७८, बुधबार ०८:२४
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ६४ पुगेको छ। बुधबार ७ हजार ५५५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य […]