डोटीमा दलित र गैर दलितका छुट्टाछुट्टै धारा

कर्णाली अनलाइन १० जेष्ठ २०७९, मंगलवार ०१:०७

डोटी।सुन्दा पनि अचम्म लाग्न सक्छ, पूर्वीचौकी गाउँपालिका–२ कुडासैन गाउँमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै धारा निर्माण गरिएका छन्।

यहाँका गाउँमा वर्षौं पहिलेदेखि दलित र गैर दलितका लागि छुट्टै धारा निर्माण गरिएका छन्। उक्त गाउँको पानीको मुहानमा तीन पानीका धारा निर्माण गरिएका छन्। तीन धारामध्ये दुई धारामा कुडासैनका दलित समुदायका व्यक्तिले जान पाउँदैनन्। दलित समुदायका लागि छुट्टै एक धारा निर्माण गरिएको छ। कहिलेकाहीँ उक्त धारामा पानी नआउँदा भने दलितले टाढाबाट (गैर दलित नछुने गरी) भाँडोमा पानी माग्नुपर्ने बाध्यता रहेको स्थानीय दलित बताउँछन्।

दलित र गैरदलितको खाने पानीको धारा फरक–फरक हुनु लजास्पद रहेको दलित अगुवाको भनाइ छ। नेपालको कानून र संविधानले जातीय विभेदलाई दण्डनीय अपराध भनी सजायको व्यवस्थासमेत गरिसकेको भए पनि यहाँका विकट गाउँमा उक्त कानून व्यावहारिक पक्ष फितलो हुँदा अहिले पनि सानो जात र ठूलो जातका आधारमा विभिन्न किसिमका विभेद हुँदै आएको स्थानीयवासी जोगी विष्टले बताए।

जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणका काममा समेत सहभागी हुन नपाएको सम विकास केन्द्रका अध्यक्ष अधिराज विसीले बताए।

राजनीतिक दल, नागरिक समाज र विभिन्न सङ्घसंस्थाले दलित र पछाडि पारिएका समुदायको हकहितका निम्ति विभिन्न कालखण्डमा ठूला आन्दोलन गरे पनि अहिलेसम्म जातीय विभेद उन्मूलन हुन नसकेको विसीको भनाइ छ।-रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भरतपुरमा रेनु दाहालको जित सुनिश्चित

१० जेष्ठ २०७९, मंगलवार ०१:०७
काठमाडौँ ।चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनतर्फकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको जित सुनिश्चित भएको छ।महानगरपालिकामा जम्मा तीन हजार मत गन्न बाँकी हुँदा प्रमुखमा दाहाल १२ हजार १४ मतले अगाडि भइ जित सुनिश्चित गरेकी हुन्। निर्वाचन कार्यालयका अनुसार मेयरमा रेनु दाहालको ५० हजार ३१० मत ल्याएकी छन्।यता, उपमेयरमा […]

सम्बन्धित शीर्षक