पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा परेकी महिलाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट उद्दार

कर्णाली अनलाइन २१ असार २०७९, मंगलवार १५:०२

सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिकामा पहिरोले पुरिएको महिलाको मृत्यु भएको छ ।जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले पहिरोमा परि अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको पुष्टि गरे ।

यस्तै, पहिरोमा परि घाइते भएकी अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७२ वर्षीय रती कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।उद्दारका लागि नेपाली सेना पश्चिम बेसक्यामको हेलिकप्टर मुगुको राराबाट घटनास्थलतर्फ पुगेको थियो ।

घाइते  रती कामीलाई उपचारको लागि प्रदेश अस्पताल कालागाउँमा लगिने जनाईएको छ ।जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका समयमा सुर्खेतको पश्चिमा पर्ने पञ्चपुरी नगरपालिका–७ डौरीखोलानजिक सुख्खा पहिरोमा परेकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

२१ असार २०७९, मंगलवार १५:०२
काठमाण्डाै । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ । सो गैँडाको खागखुर […]