मंगलबार(आज) राति १२ बजेबाट मौन अवधि सुरु हुने

कर्णाली अनलाइन २७ बैशाख २०७९, मंगलवार ०५:०२

 

काठमाडाैँ।स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु हुँदैछ।मतदान ३० वैशाख अर्थात् शुक्रबार हुँदैछ। मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयाेगले जनाएकाे छ।

आयाेगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएकाे छ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन?

१.मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने

२.निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने

३.मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने

४.एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत् मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने

५.मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने

२७ बैशाख २०७९, मंगलवार ०५:०२
काठमाडौँ।बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् ।निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलियाले नागरिकता भएका सवैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए । मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट बन्चित नगरिने बताएका छन ।मतदानका लागि परिचयपत्र […]

सम्बन्धित शीर्षक