मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने

कर्णाली अनलाइन २७ बैशाख २०७९, मंगलवार १३:४९

काठमाडौँ।बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् ।निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलियाले नागरिकता भएका सवैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए ।

मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट बन्चित नगरिने बताएका छन ।मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उनले नागरिकता प्राप्त गरेका सवै नागरिकले मतदान गर्ने पाउने गरी व्यवस्था गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुल्लू नगरपालिका वडा नं. १३ मा एमालेका शाही विजयी

२७ बैशाख २०७९, मंगलवार १३:४९
सुर्खेत । दुल्लू नगरपालिका वडा नं. १३ मा एमालेका विर्षबहादुर शाहीको प्यानल नै विजयी भएको छ । शाहीले अध्यक्षमा कुल ८२२ मत प्राप्त गरी गठवन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का डम्बरबहादुर शाहीलाई हराएका हुन् । कांग्रेस-माओवादीबाट उम्मेदवार बनेका शाहीले ७७३ मत प्राप्त गरे । यस्तै नगरमा पनि एमालेको अग्रता कायमै […]

सम्बन्धित शीर्षक