दक्षिण अफ्रिका ७ विकेटले विजयी

कर्णाली अनलाइन २३ पुष २०७८, शुक्रबार ०८:५३

काठमाण्डौं। भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको छ । जोहानेसबर्गमा दोस्रो टेस्टको पाँचौं दिन दक्षिण अफ्रिकाले खेल सकिन ६ ओभर २ बल बाँकी छँदै भारतले दिएको २ सय ४० रनको लक्ष्य ३ विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रिकाका डेन इल्गरले अविजित ९६ रनको पारी खेले । टस जितेर पहिला ब्याटिङ गरेको भारतले २ सय २ रन बनाएको थियो । दक्षिण अफ्रिकाले २ सय २९ रन बनाएको थियो । पहिलो पारीमा २७ रनले पछि परेको भारतले दोस्रो पारीमा २ सय ६६ रन बनाएको थियो । समग्रमा भारतले २ सय ३९ रन बनाएको थियो ।

यो जितपछि श्रृंखला १–१ को बराबरी भएको छ । पहिलो टेस्ट भारतले जितेको थियो । तेस्रो तथा अन्तिम टेस्ट केपटाउनमा जनवरी ११ देखि सुरु हुनेछ । टेस्ट क्रिकेटपछि भारत र दक्षिण अफ्रिकाबीच तीन एकदिवसीय खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले जिल्ला अधिवेशन २१ जिल्ला र दुई विशेष कमिटीमा अध्यक्ष चुनिए

२३ पुष २०७८, शुक्रबार ०८:५३
काठमाडौं। नेकपा एमाले लुम्बिनी प्रदेशको पाल्पामा धनेन्द्रराज घिमिरे, गुल्मीमा बालकृष्ण काउछा मगर, अर्घाखाचीमा पिताम्बर भुसाल, बाँकेमा किस्मत कुमार कक्षपति, बर्दियामा लालवहादुर श्रेष्ठ, दाङमा हुकुम बहादुर बस्नेत, रुपन्देहीमा तेजेन्द्र केसी र कपिलवस्तुमा डम्बर शर्मा जिल्ला अध्यक्ष चुनिएका छन्। यसैगरी झापामा दिपक कार्की, मोरङमा ऋषिकेश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल, सप्तरीमा ताराकान्त चौधरी, […]