एमाले जिल्ला अधिवेशन २१ जिल्ला र दुई विशेष कमिटीमा अध्यक्ष चुनिए

कर्णाली अनलाइन २५ पुष २०७८, आईतवार ०४:४०

काठमाडौं। नेकपा एमाले लुम्बिनी प्रदेशको पाल्पामा धनेन्द्रराज घिमिरे, गुल्मीमा बालकृष्ण काउछा मगर, अर्घाखाचीमा पिताम्बर भुसाल, बाँकेमा किस्मत कुमार कक्षपति, बर्दियामा लालवहादुर श्रेष्ठ, दाङमा हुकुम बहादुर बस्नेत, रुपन्देहीमा तेजेन्द्र केसी र कपिलवस्तुमा डम्बर शर्मा जिल्ला अध्यक्ष चुनिएका छन्।

यसैगरी झापामा दिपक कार्की, मोरङमा ऋषिकेश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल, सप्तरीमा ताराकान्त चौधरी, धनकुटामा इन्द्रमणी पराजुली, रसुवामा कर्णेल तामाङ, धादिङमा भुमि त्रिपाठी, काभ्रेपलाञ्चोकमा अशोक ब्यान्जु, भक्तपुरमा बचन देउजा, गोरखामा प्रेम गुरुङ, तनहुमा शृप्रसाद श्रेष्ठ, डोल्पामा शेरवहादुर बुढा, सल्यानमा गोविन्द पुन मगर अध्यक्ष चुनिएका छन्।

गैर भौगोलितर्फ मजदूर विशेषमा जितेन्द्र श्रेष्ठ र पेशागत विशेष जिल्ला कमिटीमा उमेश ढकाल अध्यक्ष चुनिएका छन्। अधिकांश जिल्लाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजवादी अपाङग संगठनको कार्यसमिति घोषणा

२५ पुष २०७८, आईतवार ०४:४०
काठमाडौं। नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट मूलधारको पार्टी भएको बताएका छन्। समाजवादी अपाङग संगठनको कार्यसमिति घोषणा कार्यक्रममा उनले माले, जनताको बहुदलीय जनवादको सिद्धान्त पार्टीले अवलम्बन गरेको जनाउँदै समाजमा न्याय, समानता र समावेशीको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए। उनले न्याय सबैका लागि बराबर हुनुपर्नेमा जोड […]