अध्यक्ष बम पलाँताबाट प्रदेश कमिटि सदस्यमा सर्वसहमत सिफारिस

कर्णाली अनलाइन ११ मंसिर २०७८, शनिबार १०:४०

कालिकोट। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पालिका अधिवेशनको बन्दसत्रमा पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम प्रदेश कमिटी सदस्यमा सर्वसहमत सिफारिस भएका छन। सोही गाउँपालिका वार्ड न ७ मा भएको अधिवेशनमा बमलाई सर्वसहमत चयन गरिएको हो।

पलाँताको मुहार बदल्ने एक जुधारु,कर्मठ ,कुसल युवा नेतृत्व भएकाले र समग्र पलाँताको विकास र समृद्धिको लागी गाउँ देखी प्रदेश तहसम्म पलाँताको पहुँच बनाउनु पर्ने भन्दै सम्पुर्ण प्रतिनिधिहरुले उनलाई प्रदेश कमिटि सदस्यमा सिफारिस गरेका हुन।

सरल स्वाभाव,बहु क्षमताका धनी ,हक्की सगै विकास प्रेमी, प्रस्ट वर्ताको रुपमा चिनिएका र जिल्लामा मात्रै नभई पलाँतालाई देशभर चिनाउन सफल ,जनप्रेमी युवा नेता भएकाले उनलाई प्रदेश कमिटी सदस्यमा सिफारिस गरिएको स्रोतले बताएको छ ।पलाँताको वार्ड तह देखी पालीका तहसम्म पदाधिकारी सर्व सहमत बनाउन अध्यक्ष बमको अहम भुभिका समेत रहेको छ ।

 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप २१३ जनामा कोरोना संक्रमण, ३२५ जना संक्रमणमुक्त

११ मंसिर २०७८, शनिबार १०:४०
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको छ। शनिबार ३२५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार १५६ […]

सम्बन्धित शीर्षक