अवैध सम्बन्ध लुकाउन श्रीमतीको हत्या

कर्णाली अनलाइन ३२ श्रावण २०८०, बिहीबार १३:३६

एजेन्सी।भारतको विहार राज्यको खगरियामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन्।  यहाँ मफ्सिल थाना क्षेत्रको हर्दाचक गाउँमा बुधबार एक युवकले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका हुन्। सुमन कुमार नामका व्यक्तिले आफ्नो श्रीमती पूजाको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि शवलाई बोरामा राखेर मोटरसाइकलमा राखेर कतै लगेर लुकाएको सीसी क्यामरामा देखिएको छ।
घटनाको जानकारी पाउनासाथ प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। 
अनुसन्धानपछि प्रहरीले सुमनलाई पक्राउ गरेको छ।
पूजाको सन् २०२० मा सुमन कुमारसँग विवाह भएको प्रहरीले जनाएको छ। विवाहपछि उनको सन्तान पनि भयो।
सुमन कुमार अर्को राज्यमा काम गर्दथे। उनको एक महिलासँग अवैध सम्बन्ध भएको थाहा भएपछि श्रीमान श्रीमतीबीच झगडा सुरु हुन् थालेको थियो। सुमनले आफ्नो अवैध सम्बन्ध लुकाउन श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

३२ श्रावण २०८०, बिहीबार १३:३६
काठमाडौँ । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अथ्र्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको […]