सुर्खेतमा मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

कर्णाली अनलाइन १० आश्विन २०७९, सोमबार १२:५८

सुर्खेत। मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार बिहान ४ बजे प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा थारुको मृत्यु भएको हो।

आइतबार साँझ थारुले चलाएको कर्णाली प्रदेश ०२–००१ प ०९९० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको भे–६–प–३८९० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धूलयाबिट नजिक दुर्घटना भएको हो।

थारु भेरीगंगाको छिन्चुदेखी सुर्खेततर्फ आउदै गरेका थिए। थारुले चलाएको मोटरसाइकलमा पछाडि बस्ने गीता चौधरी पनि घाइते भएकि छन्। उनको शरीरमा विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेकि प्रहरीले बताएको छ।

यस्तै, भे-६-प- ३८९० नम्बरको मोटरसाइकल चालक गणेश खड्का पनि घाइते भएका छन्। उनको पनि हात खुट्टा र शरीरमा चोट लागेको छ।दुवै जनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य सेवा प्रवाह र व्यवस्थापनमा कालिकोट द्वितीय

१० आश्विन २०७९, सोमबार १२:५८
कालिकोट। सेवा प्रवाह र व्यवस्थापनमा स्वास्थ्य सेवा कार्यालय कालिकोट कर्णाली प्रदेशमा द्वितीय स्थान हासिल गरेको छ। कर्णालीका १० वटै जिल्लाको समीक्षाबाट कालिकोट द्वितीय स्थान हासिल गरेको हो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा सेवा प्रवाह, व्यवस्थापन, वार्षिक प्रतिवेदन, वेरुजु फछ्यौट, समन्वय, सहभागिता, भौगोलिक विकटता लगायतका विभिन्न […]