दलित समुदायबाट सीता परियार बनिन पहिलो महिला सीडियो

कर्णाली अनलाइन ६ फाल्गुन २०७८, शुक्रबार ०६:०२

सुर्खेत।बिहीबार गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडियो)मा सीता परियारलाई खटाएको छ । यस अघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी उनलाई मन्त्रालयले हूम्लाको प्रमुख जिल्ला अधिकारी को जिम्मेवारी दिएर पठाएको हो ।परियार दलित समुदायबाट सीडियो बन्ने पहिलो महिला हुन ।

दलित समुदायका पुरुषहरु यस अघि पनि सीडियो बनिसकेका छन् ।तर,महिला भने निजामती सेवामै कम छन् ।कास्कीको रुपा गाउँपालिका –१ स्थायी निवासी परियारले शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् ।उनी सेवा प्रवेश गरेको एक दशक बितिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फागुन ८ गते पुन: बस्ने गरी सकियो सत्ता गठबन्धनको बैठक

६ फाल्गुन २०७८, शुक्रबार ०६:०२
काठमाडौँ।अमेरिकी अनुदान सहयोग एमसीसीबारे निर्णय गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ। अर्को बैठक फागुन ८ गते पुनः बस्ने गरी नेताहरु बालुवाटारबाट निस्किएका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक विना निष्कर्ष टुंगिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन्। माओवादी केन्द्रका […]