राष्ट्रपति भण्डारी: पृथ्वीनारायण शाहका विचारलाई आत्मसात् गरेर अघि बढौं

कर्णाली अनलाइन २७ पुष २०७८, मंगलवार ०४:३९

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका विचारलाई आत्मसात गर्दै अघि बढ्न सके मुलुकको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुग्न जाने बताएकी छन्। पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज शुभकामना जारी गर्दै राष्ट्रपतिले भनेकी छन्, ‘महत्त्वपूर्ण राजनीतिक परिवर्तन पछि आर्थिक समृद्धि हासिल गर्नुपर्ने वर्तमान चरणमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहका दूरदर्शी विचारहरूलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुग्न जानेछ।’

नेपाल एकीकरणमार्फत यहाँका मौलिक संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधार भूमिसमेत तयार भएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ।

राष्ट्रपतिले सन्देशमा भन्नु भएको छ, ‘नेपाल एकीकरणको अभीष्ट मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोत तथा सम्पदाको उपयोग गरी आत्मनिर्भर, स्वाधीन र स्वावलम्बी अर्थन्तन्त्रसहितको सबल राष्ट्र निर्माण गर्नु नै थियो।

नेपाल एकीकरणमार्फत् यहाँका मौलिक संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि समेत तयार भएको थियो। तत्कालीन समयमा पृथ्वीनारायणले देशको सामाजिक, आर्थिक एवं वैदेशिक नीतिका सन्दर्भमा छाडेर गएका सन्देश वर्तमान अवस्थामा पनि उत्तिकै मननीय रहेका छन्।’

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अङ्कित रहेको राष्ट्रपतिले स्मरण गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोजगारीका लागि भारत गएका नेपाली धमाधम घर फर्कन थाले

२७ पुष २०७८, मंगलवार ०४:३९
काठमाण्डौं। रोजगारीका लागि भारत गएका नेपाली धमाधम घर फर्कन थालेका छन् । भारतमा कोरोना सङ्क्रमण बढ्न थालेसँगै कामका लागि गएका नेपाली फर्कन थालेका हुन् । नेपाल–भारत सीमा क्षेत्रमा घर फर्कनेको लर्को छ । फर्कनेहरुमा भारतको हरियाणा, पञ्जाब, दिल्ली, मद्रासलगायत सहरमा काम गर्न गएकाहरुको सङ्ख्या धेरै छ । सरकारले सीमा नाकामा […]